सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले शान्ति सुरक्षाको कार्यलाई प्रभावकारी रूपले व्यवस्थित गर्न भूमिका निर्वाह गरेको भन्दै सिरहा नगरपालिकाका नगरप्रमुख डा नविन कुमार यादवलाई सम्मान गरेको छ ।

सोमबार आयोजित ६७ औँ प्रहरी दिवसको अवसर पारेर नगरप्रमुख डा यादवलाई सो कार्यालयमा सम्मान गरेको हो । सिरहा नगर क्षेत्रभित्र आपराधिक गतिविधिलाई नियन्त्रण गर्न नगरप्रमुख डा यादवको सक्रियतामा नगरपालिकाका २२ वटैं वडामा सीसी क्यामेरा जडान गरिने छ । “आपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीको एक्लो प्रयासबाट मात्रै सम्भव नभएको” जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिनाले बताए । यसका लागि नागरिक समाज, स्थानीय तह र राजनीतिक दलहरूको पनि सक्रिय सहयोग आवश्यक रहेको बताए ।

सिरहामा केही महिनायता आपराधिक गतिविधि र तस्करीमा आइरहेको कमी सबै सहयोगी निकाय र सुरक्षाकर्मीको एकिकृत प्रयासको नतिजा भएको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए ।
उक्त अवसरमा विभिन्न व्यक्तिहरूलाई कदरपत्र तथा पुरस्कार वितरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय