अमेरिकी धनाढ्य एलन मस्कले छिमेकी रुसको सैन्य हमलासँग भिडिरहेको युक्रेनलाई दिँदै आएको निःशुल्क इन्टरनेट सेवा जारी राख्ने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत युक्रेनलाई निःशुल्क रूपमा दिँदै आएको इन्टरनेट सेवा नरोक्ने बताएका हुन् ।
यसअघि, स्टारलिंकको दैनिक खर्च बढेको भन्दै मस्कले सेवा रोक्ने चेतावनी दिएका थिए । उनले मासिक २ करोड अमेरिकी डलरसम्म खर्च आउने भएकाले युक्रेनलाई दिँदै आएको इन्टरनेटको शूल्क अमेरिकी सरकारले तिरोस् भन्ने चाहन्थे । यही अपेक्षासहित उनले भावी दिनमा यो सेवा जारी राख्न नसकिने भन्दै ट्वीट गरेका थिए ।




