सिरहा । मुक्ति नेपालद्धारा संचालित शान्तिका लागि स्थानीय क्षमता कार्यक्रम अन्तर्गत जिल्ला स्तरयि सरोकारवालाहरुसंगको जानकारी तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
मुक्ति नेपालका कार्यकारी निर्देशक तथा महिला मानव अधिकार रक्षक संजालका राष्ट्रिय अध्यक्ष श्याम कुमारी साहको अध्यक्षतामा साथै जिल्ला समन्वय समितिका उप सभापति दिलिप कुमार लामा प्रमुख अतिथि र विशिष्ट अतिथिको प्रमुख जिल्ला अधिकारी लालवावू कवाडी, प्रहरी उपरिक्षक अर्जुन तिमिल्सिना, नेपाल वार एशोसिएशनका अध्यक्ष विरेन्द्र कुमार सिंह उपस्थितिमा कार्यक्रम संचालन गरियो । कार्यक्रमा परियोना संचानमा रहेका समयाअवधि कार्यक्षेत्र तथा परियोजनाको लक्ष्य, उद्देश्य, उपलब्धी तथा मुख्य कृयाकलापहरु वारे विस्तृत जानकारी जिल्ला संयोज विशेश्वर दासले गरेका थिए ।

जिल्ला स्तरीय सरोकारवालहरुले द्धन्द्ध रुपान्तरण तथा शान्ति निर्माण गर्न युवाहरुको परिचालन गरेको न्यायमा पहलका लागि समुदायका आम जनतालाई सेवा प्राप्तिका लागी जागरुकता गरिरेको अवस्था छ । विवाद समाधानका लागि सवभन्दा पहिला न्यायिक समिति सक्रिय हुनु अति नै जरुरी रहेको देखिन्छ । मुक्तिलले शान्ति स्थापनाका लागि स्थानीय सरोकारवालाहरु नगरपािलका वडा कार्यालयहरुमा मेलमिलाप तालिम संचालनका लागि वजेट विनियोजन गर्नुपर्ने छ । मेलमिलापका कार्यलाई अगाडी बढाउनु पर्ने हुन्छ ।
शान्ति स्थापनाका लागि युवाहरुको क्षमता तथा साकारात्मक व्यवहारमा परिवर्तनका अभ्यासहरु गर्नु पर्नेछ र न्यायिक निकायसंगको सहकार्यमा कार्य गर्नुपर्ने देखिन्छ । मुक्ति नेपालले शान्ति निमार्णका कार्य एक्लले गर्नुको सटा स्थानीय निकाय तथा वाडा कार्यालयको समन्वय तथा सहकार्यमा गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय