af9Ln] aufPsf] 3/ h’Dnf, @^ c;f]h M Ps ;ftfb]lv k/]sf] clj/n aiff{n] h’Dnfsf] sgsf;’Gb/L ufpFkflnsf– % af/sf]6]af8fdf k/]sf] af9L / klx/f]af6 aufPsf] :yfgLoaf;Lsf] 3/ . tl:a/ M ljho /fjt÷/f;;

कालिकोटको तिलागुफा नगरपालिका–४ मा मलामी गएका १३ जना बेपत्ता भए । असोज २३ मा हेमराज शाहीको अन्त्येष्टि गर्न तिला नदी किनारमा गएका राँचुली गाउँका १३ जनाको अवस्था अहिले पनि अज्ञात छ । अन्त्येष्टि कर्म चलिरहँदा आएको पहिरोले उनीहरूलाई कर्णाली नदीमा बगाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

असोज १९ बाट सुरु भएको वर्षाका कारण आएको बाढी र पहिरोका कारण कर्णाली प्रदेशमा मात्र २० जना बेपत्ता छन् । तीमध्ये १८ जना कालिकोटबाट बेपत्ता भएका छन् । ‘बाढी र पहिरोका कारण कालिकोटबाट १८ जना बेपत्ता भएका छन्’ कालिकोटका डिएसपी जयश्वर रिमाल भन्छन्–‘५ जनाको मृत्यु भएको छ ।’

बाढीका कारण कालिकोटमा कार्यरत एकजना प्रहरी जवान पनि बेपत्ता भएका छन् । जुम्लाबाट बिदा सकेर सुर्खेत तिर जाँदै गरेका प्रहरी जवान पदम राउतलाई नदीले बगाएर बेपत्ता बनाएको कालिकोटका डिएसपी रिमालले जानकारी दिए । सेरेघाटको खोला तर्न लाग्दा उनलाई सो खोलाले तिलाकर्णालीमा मिसाएको छ । उनको अवस्था अहिलेसम्म अज्ञात छ ।
दसैँको टिकापछि बाढी–पहिरोका कारण कर्णाली प्रदेशमा  ३५ जनाले ज्यान गुमाएका छन् । विपद्मा परेर २३ जना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कालिकोट बाहेक दैलेख र जुम्लामा एक–एकजना बेपत्ता छन् । वर्षाका कारण घर क्षति भएर ४ सय ८० जना विस्थापित भएका छन् । प्राकृतिक विपद्बाट २ हजार ८ सय ८९ परिवार प्रभावित भएका छन् ।

कालिकोटबाट बेपत्ता हुनेहरू

कालिकोटको तिलागुफामा मलामी जाँदा बेपत्ता भएका १३ जनाको अवस्था अझै अज्ञात छ । बेपत्ता भएकाहरू सबैजना तिलागुफा नगरपालिका–४ राँचुली गाउँका हुन् । बेपत्ताहरूको प्रहरीले खोजी गरिरहेको छ ।

१. कालीबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ४७ वर्ष ।

२. धनबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ६३ वर्ष ।

३. छत्रजंग शाही, तिलागुफा नगरपालिका–४ राँचुली,  ३६ वर्ष ।

४.  खगेन्द्र शाही, तिलागुफा नगरपालिका–४ राँचुली, २८ वर्ष ।

५. भेषबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, २३ वर्ष ।

६. धन शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ५५ वर्ष ।

७. अलि शाहि, तिलागुफा नगरपालिका–४ राँचुली, ७६ वर्ष ।

८. खेमराज शाही, तिलागुफा नगरपालिका–४ राँचुली,  २३ वर्ष ।

९. मानबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ५७ वर्ष ।

१०. मोतिलाल शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ४१ वर्ष ।

११. पर बहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ५६ वर्ष ।

१२. नरेश शाही, तिलागुफा नगरपालिका–४ राँचुली,  २४ वर्ष ।

१३. प्रशान्त शाही, तिलागुफा नगरपालिका–४ राँचुली, २३ वर्ष ।

हेलिकप्टरबाट उद्धार

पहिरो र बाढीका कारण घाइते भएकाहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । कालिकोट, हुम्ला र जुम्ला सहितका जिल्लाबाट १२ जनालाई हेलिकप्टरबाट उद्धार गरेर घाइतेहरूलाई सुर्खेत र नेपालगञ्जका अस्पतालमा भर्ना गरिएको छ ।

असोज २२ मा जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ मा आएको पहिरोमा परेर घाइते भएका सरस्वती हमाल र राम बहादुर हमाललाई हेलिकप्टरबाट उद्धार गरिएको थियो । उनीहरूको सुर्खेतमा उपचार भइरहेको छ ।

कालिकोटको तिलागुफा नगरपालिका–४ स्थित राँचुलमा पहिरोमा परेर घाइते भएका वीर बहादुर शाही र नरेन्द्र शाहीको सुर्खेत स्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

असोज २३ मा जुम्लाको सिजा गाउँपालिका–४ गुठीगाउँमा पोल ढलेर च्यापिँदा गिरिजा बुढा घाइते भए । उनलाई उद्धार गरेर बाँकेको कोहलपुर स्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ । कालिकोटको पचाल झरना गाउँपालिका–७ मा पहिरोमा परेर घाइते भएकी २ वर्षीया निक्की कोहराको पनि कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोमा परेका ४ जनालाई स्थानीय प्रशासनले हेलिकप्टरमार्फत उद्धार गरेको छ । उद्धार गरिएका ३८ वर्षीय मनवीर भन्ने देउच्म कामी, ३६ वर्षीय औगति कामी र ३ वर्षीय तपेन्द्र कामीको सुर्खेत स्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ । हुम्ला ताजाकोट गाउँपालिका–५ का ७ वर्षीय केशव नेपालीको पनि सुर्खेतमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय