काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं  पूर्वप्रधानन्त्री माधवकुमार नेपालले रौतहट-  १ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् । नेपालले आइतवार अपरान्ह गौरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराएका हुन् ।

यसैगरी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

यसैगरी राप्रपाको तर्फबाट रविन्द मिश्रले पनि प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै अर्थमन्त्री तथा  नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उम्मेदवारी दर्ता गराएका छन्।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दिनेश श्रेष्ठले मुख्य निर्वाचन अधिकृतको कार्यालय चौतारामा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधि सभाका १६५ ओटा निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता शुरु भएको छ । निर्वाचन आयोगका अनुसार आइतवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने छ ।

निर्वाचन आयोगका अनुसार असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ र २५ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र असोज २५ गते अन्तिम नामावली प्रकाशन हुनेछ ।

तस्वीरहरु : सुनिल शर्मा आर्थिक अभियान तथा रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय