टिकट नपाएर असन्तुष्ट बनेका जनता समाजवादी पार्टी, नेपालका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष शेषनारायण यादव नेपाली काँग्रेसमा प्रवेश गर्दैछन् । यादवलाई धनुषा निर्वाचन क्षेत्र नं. ४ (क) बाट काँग्रेसले टिकट दिने भएपछि उनी जसपा छाडेर काँग्रेस प्रवेश गर्न लागेका हुन् । यादवसहित जसपाका प्रदेश कमिटीकै बजरंग यादव, डा. शत्रुघन यादव लगायतका नेता कार्यकर्ता पनि काँग्रेस प्रवेश गर्दैछन् ।





