मिर्चैया । आउँदो मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सम्पन्न गर्न सिरहा क्षेत्र नं. ४ को लागि विहिवार मिर्चैया स्थित रहेको मिर्चैया अस्पतालकाे पुरानो भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
यस कार्यालयले मिर्चैया नगरपालिकाको १२ ओटा वडा, कर्जन्हा नगरपालिकाको ११ ओटा वडा, कल्याणपुर नगरपालिकाकाे १२ वडा, नरहा गाउपालिकाकाे ३,४,५ वडा र विष्णुपुर गाउँपालिकाकाे २,३,४ वडा गरि जम्मा ४१ अाेटा वडाहरूमा ६० अाेटा मतदान स्थल र १२१ अाेटा मतदान केन्द्र रहेको सिरहा निर्वाचन क्षेत्र नं.४ का निर्वाचन अधिकृत दिपेन्द्र नाथ याेगीले जानकारी दिए ।



