सिरहा । नक्कली नेपाली नोट सहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ परेको छ ।
सिरहाको नरहा गाउँपालिका ५ मा रहेको किशोरी ट्रेडस किराना पसलमा चुरोट खरिद गर्ने क्रममा नक्कली नेपाली एक हजारको नोट दिने भारतको सितामाढी जिल्लाको ग्राम पँचायत भासर मछहा ८ भासर चोकका २१ वर्षीय मो.रेजाउल्लाह प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ रेजाउल्लाहको संगवाट ३१ थान नयाँ नेपाली एक हजारको नोट, चाँदीका सिक्री, ब्रासलेट र औँठी एक/एक थान र मोबाइल एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।



