गुलरिया : प्रहरीले आफ्नै छोराको हत्या गरेको आरोपमा बावुलाई नियन्त्रणमा लिएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका -११ स्थित बिजय नगर निवासी ४५ वर्षी बावु लौरंगलाल थारुलाई पक्राउ गरेको छ ।

बुधबार फुटेको बियरको बोतल छोराको पेटमा प्रहार गरी फरार रहेका थारुलाई  शुक्रबार गुलरिया नगरपालिका -११ स्थित गाउँघरमा लुकिछिपि हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ती टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।

घाइते भएका २० वर्षीय विवेक चौधरीलाई उपचारका लागि अस्पताल  लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । नियन्त्रणमा लिएका थारुमाथि थप अनुसन्धान भइरहेको डीएसपी बोहोराले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय