३ वर्षदेखि लुम्बिनीमा बेवारीसे अवस्थामा रहेका विजुली बसहरु बिहीबारदेखि संचालनमा आएका छन्। बुधबार जिल्ला प्रसाशन कायालय रुपन्देहीमा बसेको सरोकारवालाहरुको बैठकले बिहीबारदेखि विजुली बस संचालनमा ल्याउने निर्णय गरेको हो।
बिहीबार लुम्बिनीमा लुम्बिनी विकाष कोषका पदाधिकारीहरु , रुपन्देहीका प्रमुख जिल्ला अधिकारी , सुरक्षा निकायका प्रमुखहरु, पर्यटन ब्यावसायीको उपस्थितीमा विजुली बस संचालनमा आएको लुम्बिनी बिकास कोषका कोषध्यक्ष सिद्धिचरण भट्र्रराईले जानकारी दिए। ‘यो परीक्षण संचालन हो यस अवधिमा हामीले नि:शूल्क बस संचालनमा ल्याएका छौँ केही समयपछि हामीले शूल्क निर्धारणसहित औपचारिक शुभारम्भ गर्दछौँ’, भट्टराईले भने




