रुस र युक्रेनबीचको द्वन्द्वका कारण विगत केही महिनादेखि नेपाली रुपैयाँ अमेरिकी डलरसँग निरन्तर ओरालो लागेको छ ।

आइतबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको बिक्रिदर रु. १२९.८९ कायम गरेको छ |

शुक्रबार एक अमेरिकी डलरको भाउ १२९.६८ रुपैयाँ थियो । डलरको तुलनामा भारतीय मुद्राको भाउ घटेपछि नेपाली मुद्रा पनि भारतीय मुद्रासँग जोडिएकाले घटेको हो ।

डलरको भाउ बढ्दा पर्यटन उद्योग, निर्यातकर्ता र रेमिट्यान्स क्षेत्रलाई मात्र फाइदा हुन्छ । नेपालले रेमिट्यान्स र निकासीमा प्रतिस्पर्धात्मक लाभ पाए पनि उल्लेख्य आयातका कारण आयातित वस्तुको लागत उच्च रहेको देखिन्छ । मूल्यवृद्धि संगै स्थिति बिग्रने सम्भावना छ।

सरकारले विदेशी ऋण तिर्न नेपाली रुपैयाँ बढी खर्च गर्नुपर्ने हुन्छ, जसले मुद्रास्फीति र विदेशी मुद्रा सञ्चितिमा प्रत्यक्ष असर पार्छ । बलियो डलर र ठूलो आयात लागतको परिणामको रूपमा, मुद्रास्फीति यस परिदृश्यमा उच्च हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय