गए राति ८ बजे नौडाँडाबाट पोखरा जाँदै गरेको ग२२प ५३७० नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई डिभाइडरमा ठोकिएको थियो। दुर्घटनामा घाइते भएका दुवैलाई उपचारको लागि फिस्टेल अस्पताल लगिएकोमा उपचारकै क्रममा चालक तँनहुको व्यास नगरपालिका- १ दमौलीका ५० वर्षीय बलबहादुर राईको मृत्यु भएको छ।

यस्तै पछाडि सवार उनकै छोरी १५ वर्षीया सोनी राइको उपचार भइरहेको वडा प्रहरी कार्यालय बगर कास्कीले जनाएको छ।



