काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट कारवाहीमा परेकी पुर्व सांसद सरिता गिरीले पनि स्वतन्त्र उम्म्मेद्वारी दिने भएकी छन्।

नेपाल भारत सिमा विवादमा जथाभावी बोलेर आलोचना खेपेकी उनी पार्टीको ह्विप विपरित गएपछि कारवाहीमा परेकी थिइन्।

जसपाबाट अलग भएपछि उनी महन्त ठाकुर नेतृत्वको पार्टीमा गइन्। हालै सो पार्टी समेत परित्याग गरेर स्वतन्त्र रहेकी गिरी अब आउँदो संघीय निर्वाचनमा स्वतन्त्र उठ्ने भएकी हुन।

गिरीले सिराहा-१ मा स्वतन्त्रबाट चुनावमा उठ्ने घोषणा गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय