३ असोज, सुदुरपश्चिम । सुदुरपश्चिम प्रदेशको कञ्चनपुरमा तीन जनाको शव फेला परेको छ । दुई छुट्टाछुट्टै स्थानमा तीन जनाको शव भेटिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख इन्सपेक्टर नरेशराज मल्लले जानकारी दिए ।

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १० भएर बग्ने दोदा नदीको छेउमा एक जनाको शव फेला परेको छ । त्यस्तै लालझाडी गाउँपालिका वडा नम्बर १ मा पर्ने एक उखुबारीमा दुई जनाको सडेको अवस्थामा शव फेला परेको छ ।

शवहरू सडेको अवस्थामा रहेका कारण पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ । दुई शव चिन्नै नसक्ने अवस्थामा छन भने नदी किनारमा भेटिएको शव महिलाको भएको बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय