सिरहा । बढ्दो आत्महत्याको घटनालाई न्यूनीकरण रोक लगाउन सिरहामा ¥याली र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ‘आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी ¥याली एवं अन्तरक्रिया’ कार्यक्रमको आयोजना गरिएको थियो । ‘मृत्यु रोजेर सामाधान खोज्ने होईन, जीवन भित्रै उज्यालोको खोजी गरौं, समाज बलियो बनाऔं, आत्महत्या बन्द गरौं’ जस्ता जनचेतामूलक विभिन्न नारा सहित ¥याली प्रर्दशन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाको अगुवाईमा भएको ¥याली र कार्यक्रममा विभिन्न सामुदायिक र संस्थागत विद्यालयका बालबालिका, सरकारी, गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकार, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाको मूल गेटबाट निस्किएको ¥याली क्याम्स चौक, हेमनारायण चौक, इमली चौक, पिपल चौक हुँदै सिरहा नगरपालिकाको सभाहलमा पुगेको थियो ।


सभाहलमा आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको थियो । अन्तरक्रियामा विभिन्न विद्यालयका बालबालिका सहित विभिन्न क्षेत्रका व्यक्तिहरुले सिरहा जिल्लामा पनि आत्महत्याको दर बढ्दो क्रममा रहेकोले व्यापक रुपमा जनचेतना जगाउँदै रोकथामा जोड दिनुपर्ने उल्लेख गरेका छन् । अन्तरक्रियामा सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो, नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता यादव, स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादव लगायतले आफ्ना भनाई राखेका थिए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी अर्जुन तिमिल्सिनाले सिरहा जिल्लामा आत्महत्याको अवस्था, रोकथामका उपायहरु सम्बन्धमा चर्चा गरेका थिए ।
तीन वर्षमा ४ सय ६८ आत्महत्या गर्यो : प्रहरी
जिल्ला प्रहरी कार्यालय सिरहाको तथ्यांक अनुसार सिरहा जिल्लाा विगत तीन वर्षमा ४ सय ६८ जनाले आत्महत्या गरेको छ । प्रहरी उपरीक्षक तिमिल्सिनाले आर्थिक वर्ष २०७६/०७७ देखि २०७८/०७९ सम्म तीन वर्षमा ४ सय ६८ जनाले आत्महत्या गरेको बताएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा १ सय ४४, आर्थिक वर्ष २०७७/०७८ मा १ सय ३५ जना र आर्थिक वर्ष २०७८/०७९ मा १ सय ८९ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक रहेको छ ।
त्यस मध्ये सिरहा नगरपालिकामा ६८, लहान नगरपालिकामा ६१, मिर्चैया नगरपालिकामा ४२, गोलबजार नगरपालिका ४७, कल्याणपुर नगरपालिका २९, धनगढीमाई नगरपालिका ४२, सुखिपुर नगरपालिका २२, कर्जन्हा नगरपालिका २७, अर्नमा गाउँपालिका १५, औरही गाउँपालिका १८, नरहा गाउँपालिका २१, नवराजपुर गाउँपालिका ९, बरियारपट्टी गाउँपालिका २९, भगवानपुर गाउँपालिका ९, लक्ष्मीपुर पतारी गाउँपालिका १६, बिष्णुपुर गाउँपालिका १२ र सखुवानन्न्कारकट्टी गाउँपालिका १० गरी कुल तीन वर्षमा ४ सय ६८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी अर्जुन तिमिल्सिनाले तथ्यांक सार्वजनिक गरेकाछन् ।



