#सिरहामेयर डा नविन कुमार यादवसिरहा नगरपमिलका

सिरहा । सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले संविधान पालनामा केही चुनौती देखिएको बताएका छन् । तर पनि संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको उनको भनाइ छ ।

संविधान दिवसको अवसरमा शुभकामना दिंदै उनले समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवद्र्धन अनिवार्य सर्त भएको समेत उल्लेख गरेका छन् ।

संविधानअनुसार दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको जनाउँदै उनले संविधान गतिशील दस्तावेज भएकाले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिने बताए ।

मेयर डा यादवले संविधान कार्यान्वयनकै महत्वपूर्ण पक्षका रुपमा रहेका आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई महान् उत्सवका रुपमा लिएर सहभागिता जनाउन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गरेका छन् ।

उनले संविधानको पूर्ण पालना गर्दै नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती, राष्ट्रिय एकताको सुदृढी र समतामूलक समाजसहितको समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई प्रेरणा देओस् भनी कामना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय