सिरहा, २ असोज । सिरहाकोमा पुरुषको शव फेला परेको छ । सिरहा नगरपालिका वडा नं. १९ सन्हैठामा आज बिहान खाल्डोमा एक पुरुषको शव फेला परेको छ । आज बिहान स्थानीयहरु खेत जादा बाटो बनाउन खनेको (खाल्डो) मा शव हेरेको स्थानीय हेमनारायण यादवले बताए । तर सशस्त्र प्रहरी बल नेपाल, गण नं.७ हे.क्वा.सिरहाको कार्यालय भन्दा करिब १÷२ किलोमिटरको छेउमै रहे पनि हाल सम्म नसस्त्र प्रहरी न नेपाल प्रहरी पुग्न सकेको छ । नेपाल प्रहरीको टोली घटना स्थल पुगिसकेको र शव पानीबाट निकालेर पहिचान हुने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्त डिएसपी सुवास बुढाथोकीले बताए ।





