सिरहा । नेपाली कांग्रेसका सिरहा जिल्ला सचिव तारकेश्वर प्रसाद यादवको निधन भएको छ ।
हृदयघात भएर काठमाडौंको केएमसी अस्पताल सिनामंगलमा उपचाररत जिल्ला सचिव यादवको निधन भएको हो । उनी तात्कालिन सुखचैना गाउँ विकास समितिका अध्यक्ष पनि भएका थिए ।
जिल्ला सचिव रहेका नेता यादवको निधनले आफूहरु स्तब्ध भएको नेपाली काँग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवले जनाएका छन् ।




