सिरहा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भदौ ३१ गते शुक्रवार सिरहा आउने भएको छ ।
सिरहाको गाेलबजार नगरपालिका वडा नं. ८ जनता नमुना मा. वि. चन्द्रलालपुर चोहर्वामा जिल्ला कमिटीले आयोजना गरेको आमसभाको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सिरहा आउन लागेको नेकपा एमाले सिरहाका उपाध्यक्ष तथा सिरहा नगरपालिकाका मेयर डा.नविन कुमार यादवले बताएका छन् ।

सो कार्यक्रममा नेपाली कांग्रेस, जसपा, नेकपा माओवादी लगायतका पार्टीवाट नेता तथा कार्यकर्ताहरु नेकपा एमाले पार्टीमा प्रवेश गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।

आमसभालाई मध्य नजर गर्दै भव्य स्वागतको तैयारी भैइरहेको सिरहा नगरपालिकाका मेयर डा. यादवले बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओली सिरहा आउने भएपछि सुरक्षा व्यवस्था कडा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय