जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेकाहरुलाई रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

सोमबार जनकपुर पुगेका ओलीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

जनकपुरमा आयोजित सभामा एमाले अध्यक्ष ओलीले कसैले गलत सूचना दिएका भरमा उनीहरु कालो झण्डा देखाउन आएको भन्दै रिहा गर्न आग्रह गरे । उनले भने, ‘म प्रहरी प्रशासनलाई भन्न चाहन्छु, उनीहरुलाई तत्काल रिहा गर्नुस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय