काठमाडाैँ- आगामी मंसिर ४ गते तय भएकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शनिबारदेखि समानुपातिक तर्फको मतपत्र छापिने भएकाे छ।
निर्वाचन आयाेगले प्रदेश १, मधेस, बागमती र गण्डकीकाे प्रदेश सभा सदस्य समानुपातिक तर्फका मतपत्र छाप्न लागेको हो। यी प्रदेशका लागि करिब एक कराेड ३१ लाख मतपत्र छापिनेछ।

बाँकी प्रदेशकाे मतपत्र पछिल्लाे चरणमा छापिने आयाेगका प्रवक्ता शालिग्राम पाैडेलले जानकारी दिए।
प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ करिब २० लाख नमुना मतपत्र छापिने आयाेगले जनाएकाे छ।
मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्नेछ। आयोगले भदौ २१ गतेदेखि नमुना मतपत्र छाप्न सुरु गरेको हो।



