सिरहा । महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेका सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतो इलाका प्रहरी कार्यालय लहान, सिरहामा हाजिर भएका छन् ।
आफ्ना कानुन व्यवसायी र पार्टीका नेता कार्यकर्ताहरुसहित शुक्रबार दिउँसो करिब सवा चार बजे इलाका प्रहरी कार्यालय लहान, सिरहामा हाजिर भएका हुन् ।

उपमेयर महतोले दिएको निवेदन दर्तालगत्तै प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई लहानस्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षणपछि शनिबारसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि आइतबार सिरहा जिल्ला अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

जागिर लगाइदिन्छु भन्दै गत १९ जेठमा आफ्नो कार्यकक्षमा बोलाएर बलात्कार प्रयास गरेको भन्दै लहानकी २१ वर्षीया महिलाले ४ साउनमा किटानी जाहेरी दिएपछि उपमेयर महतो सम्पर्कविहीन भएका थिए । सम्पर्कविहिन भएको ५१ औं दिनमा उनी स्वयं प्रहरीमा हाजिर भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय