सिरहा । नवौं राष्ट्रिय खेलकुदको लागि सिरहा जिल्लाबाट फुटबल खेलाडी छनौट गरिएको छ ।
छनौट हुनेमा श्रीकान्त चौधरी, रोशन चौधरी, रंजीत सिंह, राजा मेस्तर, विनु मगर, राधे चौधरी, उधव घले, सिधान्त पाख्रिन, ओम सिंह, सुरेन्द्र चौधरी, रामबाबु दास, शैलेन्द्र दास, राम नारायण मण्डल, संजय मण्डल, रेम्बो चौधरी, धर्मेन्द्र ठाकुर, उदय, अंजन हमाल, अमन लामा लगायत चयन भएका छन् ।
शंकर रंगशाला मखनाहामा भएको छनौटमा नवौं राष्ट्रिय खेलकुदमा पुरुष फुटबलतर्फ सहभागी हुने फुटबल टोलीको खेलाडीहरु चयन गरिएको सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले जानकारी दिएका छन् ।





