अफगानिस्तानको हेरात प्रान्तमा शुक्रबार नमाज पढिरहेका बेला ठूलो बिस्फोट भएको छ । यसमा तालिबानका सबैभन्दा ठूला धर्मगुरुमध्ये एक मुल्ला मुजिब उर रहमान अंसारी मारिएका छन् । घटना गाजारघ शहरको हो । अघिल्लो महिना पनि तालिबानका एक ठूला नेता मारिएका थिए । यो हमलाको पछाडि आइएसआइएसको खुरासान ग्रुपको हात भएको अनुमान गरिएको छ । तालिबानले यसबारे हालसम्म कुनै जानकारी दिएको छैन ।
दुई बिस्फोट भए मिडिया रिपोर्टका अनुसार गाजाघरको मस्जिदमा जम्मा दुईवटा बिस्फोट भए । यतिबेला नमाज चलिरहेको थियो । मुल्ला मुजिब नै यो मस्जिदका मुख्य इमाम थिए । बिस्फोट उनको अगाडिको लाइनमा भएको थियो । हमला दुईजना व्यक्तिले गराएको अनुमान छ ।





