माओवादी केन्द्रका उपमहासचिव तथा पुर्व अर्थमन्त्री वर्षमान पुनले कोरोना महामारीपछि पुनर्कर्जाका रूपमा गएको तीन खर्ब रुपैयाँ घर जग्गा खरिद, पुँजीबजार र सामान आयातमा गएकाले अर्थतन्त्रलाई चाप परेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागमा भिजिटिङ प्रोफेसरका रूपमा विद्यार्थीलाई कक्षा लिने क्रममा बुधबार पुनले भने ‘वित्तीय क्षेत्रमा रहेको स्रोतको ७० प्रतिशत १५ देखि २० व्यवसायिक घरानाले प्रयोग गर्ने गरेका छन्, आमजनतामा वित्तीय पहुँच छैन भन्ने यो तथ्यांकले देखाउँछ। यो हाम्रो अर्थतन्त्रका लागि धेरै ठूलो चुनौतीको विषय हो।’

रसिया युक्रेन युद्धका कारण कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल एक सय ३० अमेरिकी डलरसम्म पुग्दा त्यसको प्रत्यक्ष असरबाट नेपाल प्रभावित भएको उनको तर्क थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय