सिरहा । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सिरहा नगरपालिका १७ भन्सार कार्यालयको परिसरमा अवैध लागुऔषध ओसारपसार विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाको आयोजना तथा ईलाका प्रहरी कार्यालय माडर सिरहाको सहकार्यमा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले सीमाक्षेत्रमा युवाहरुलाई भेला गरेर लागुऔषधको दुरव्र्यसन रोक्न, अवैध ओसारपसार बन्द गर्न सचेतनामूलक सन्देश सुनाएका थिए ।

लागुऔषधको दुव्र्यसनका कारणले समाज आतंकित र युवाहरुको भविष्य अन्धारमय हुन लागेकोले त्यसलाई न्यूनीकरणमा सवैको भूमिका रह्नुपर्ने सहायक प्रजिअ पौडेलले बताएका छन् ।
कार्यक्रममा सशस्त्र प्रहरी बलका एसपी रमेश कुमार थापा, जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त कार्यालय प्रमुख डिएसपी सुवास बुढाथोकी, पत्रकारहरुको सहभागिता रहेको थियो ।
लागुऔषधको सेवनबाट मानव शरीरमा हुने असर, लक्षण र भविष्यमा पार्ने आर्थिक, मानसिक र समाजिक प्रभाव, समुदायमा अभिभावकहरुको दायित्व तथा कानूनी प्रावधानको बारेमा समेत जानकारी दिईएको थियो ।



