ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९५९ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने २४२ जना, फुटपाथमा पार्किङ गर्ने २१५ जना, अनावश्यक हर्नको बजाउने २०९ जना, तीव्र गतिमा सवारी साधन चलाउने १९३ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९१ जना सवारी चालक रहेका छन् ।




