सिरहा । सामुदायिक वनबाट अवैध रुपमा खयर जातको काठ तस्करीमा संलग्नलाई भगाएको आरोप लागेका डिभिजन वन कार्यालय लहान सिरहाका तीन कर्मचारी निलम्बनमा परेका छन् ।

वन कार्यालयका सहायक बन रक्षक रामवृक्ष मोची, जम्दारहरु ब्रह्मदेव यादव (वी) र राम कुमार चौधरीलाई निलम्बन गरेको छ । काठ तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी ल्याइरहेको अवस्थामा फरार गराउन सहयोग गरेको आरोप लागेपछि तीनै जनालाई २ महिनाका लागि निलम्बन गरिएको र आवश्यक कारबाही भइरहेको जिल्ला प्रशासन कार्यालय सिरहाले प्रेस विज्ञप्ती मार्फत जनाइएको छ ।
गत भदौ ३ गते साँझ सिरहाको गोलबजार नगरपालिका ९ स्थित घुर्मीस्थित श्री लक्ष्मी नारायण मिलको कम्पाउण्डबाट अवैध रुपमा कटान गरिएको खयर जातको ६५ थान गोलिया अर्थात ६५.५४ क्यु.फिट काठ स्थानीय र डिभिजन वन कार्यालयको सहयोगमा बरामद गरिएको थियो ।

काठ बरामदसँगै तस्करीमा संलग्न रहेको भन्दै मिल सञ्चालक मदन ठाकुरलाई वन कार्यालयको टोलीले पक्राउ गरेको थियो । तर वनकै कर्मचारीहरु ठाकुरलाई लहान लैजादै जर्दा बाटोबाट भगाएको आरोप लागेपछि अनुसन्धानका क्रममा तीनै कर्मचारीलाई निलम्बन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले हस्ताक्षर गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय