वन कर्मचारीको मेलोमतोमा खयरको काठ तस्करीस्थानीयले लिए नियन्त्रणमा

सिरहा । सिरहामा वन कर्मचारीकै मेलोमतोमा अवैध रुपमा खयरको काठ तस्करी हुदै आएको छ । वन कर्मचारीकै मेलोमतोमा अवैध रुपमा खयरको काठ कटान गरी स–मिलमा राखिएको अवस्थामा स्थानियले खोजतलास गरी डिभिजन वन कार्यालय लहान सिरहालाई जानकारी गराएर बरामद गरेको छ ।

सिरहाको मिर्चैया नगरपालिका वडा नं. ९ कमलदहमा रहेको सामुदायिक घुर्मी डाडा वनको नर्सरीमा लगाएको केही खयर र सिसो जातका रूख कटान भएको र त्यही कटान भएको काठ खोजतलास गर्ने क्रममा मिर्चैया नगरपालिका ९ घुर्मी पुलको छेउमा रहेको मदन ठाकुरको लक्ष्मी नारायण स–मिलको कम्पाउण्ड भित्र ६६ थान भन्दा बढी खयरको काठ अवैध रूपमा राखिएको अवस्थामा फेला परेको हो । सामुदायिक डाडा वनका सदस्य र स्थानीयहरुले सो काठ नियन्त्रण लिएको छ ।
उनीहरुले फेला पारी डिभिजन वन कार्यालय लहान सिरहालाई जानकारी गराएर काठ नियन्त्रण लिएको हो ।
काठ फेला परेको पूर्वमा सब डिभिजन वन कार्यालय चोहर्वा र पश्चिममा सब डिभजन वन कार्यालय मिर्चैया रहेपनि कुनै पनि सब डिभिजन वन कार्यालयबाट वा डिभिजन वन कार्यालयबाट वन कर्मचारीले अबैध रुपमा कटान गरी स–मिलमा राखेको बारेमा थाहा नपाउनुले वन कर्मचारीहरुकै मेलोमतोमा काठ तस्करी हुदै आएको देखिन्छ ।

स्थानीय : हेम कुमार यादव
स्थानीय हेम कुमार यादवले मिर्चैया नगरपालिका ९ घुर्मी पुलको छेउमा रहेको मदन ठाकुरको लक्ष्मी नारायण स–मिलको कम्पाउण्ड भित्र खयरको काठ गरिएको बताएका छन् ।

सब डिभिजन वन कार्यालय चोहर्वाका सहायक वन अधिकृत : भोला राय
उक्त विषयमा अनुसन्धान गरेपछि मात्रै केही भन्न सक्ने सब डिभिजन वन कार्यालय चोहर्वाका सहायक वन अधिकृत भोला रायले बताएका छन् ।
तस्करले अवैध रूपमा राखिएको काठ र स–मिलका मालिक मदन ठाकुरलाई नियन्त्रणमा लिई डिभिजन वन कार्यालय लहान लग्दै गर्दा बाटोमा गाडीबाट भागेको डिभिजन वन कार्यालय लहानले जनाएको छ ।

२०७८/१२/२१ गतेको डिभिजन वन कार्यालय सिरहाले कटान अनुमति पत्र गोलबजार नगरपालिका वडा नं. ९ निवासी रामेश्वर चौधरीको नाममा अनुमतिपत्र दिएको छ । सो पत्रमा लेखिएको छ कि उपरोक्त विषयमा तपाईले निजि अवस्यक जग्गामा आफुले हुर्काइ बढाईएका रूखहरू कटान अनुमति पत्र मिति २०७८/११/३० गते डिभिजन वन कार्यालय लहान सिरहामा पेश गर्नु भएको निवेदन छ । सो निवेदनलाई पत्रबाट सिफारिस कार्यालयले मिति २०७८/१२/२१ गतेको निर्णय अनुसार निजी आबदी ठहर भएका तपसिलमा ठहर भएका जातकारूखहरू वन नियमावली २०५१को नियम ६३(३) बमोजिम १५ दिन भित्रमा कटान गर्न अनुमति दिएको छ । सो अनुमति पत्र सब डिभिजन वन कार्यालय गोलबजार चोहर्वा लाई : उपरोक्त कार्यको अनुगमनका साथै उपरोक्त कार्यमा आवश्यक प्राबिधि सहयोग गरि सो बाट उत्पादित काठ, दाउराको प्रमाणित लगत पेश गनु हुन भनिएको छ । भादौ २ गते राति मिर्चैया नगरपालिका वडा नं. ९ कमलदह नीर रहेको समुदायक घुर्मी डाडा वनको नर्सरी वाट केही खयर र सिसो जातका रूख कटान गरिएको त्यही पत्रलाई अहिले अधारमा मानेर वनका कर्मचारीहरूले पन्छिन खोजेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय