राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले नेपालमा सञ्चालित उद्योगधन्दा ,कलकारखाना बन्द गराउने दलगत संयन्त्रको हिसाबकिताब अब बन्द रहेको खाता खोलेरै हुने बताउनुभयो । आज ९शुक्रबार० बाग्मती प्रदेश हेटौँडामा आयोजित प्रदेश भेलाको सम्बोधन गर्दै पार्टी सभापति लामिछानेले उक्त कुरा बताउनुभयो ।
उहाँले बताउनुभयो, “ जब सिमेन्टको माग बढ्छ, जनताको लगानीले चलेको हेटौडा सिमेन्त कारखानाको मेसिनहरुको नट बिग्रिन्छन्, र निजि लगानीकर्ताले सिमेन्ट बेचेरै बोनस बाड्छ, सुन्दा सामान्य लाग्छ तर रहस्य छ, अब सबै हिसाब हुनेछ । ”
उहाँले नेताहरुले पुर्खाले बचाइरहेको स्वाभिमान व्यक्तिगत, पार्टीगत स्वार्थ पुरा गर्न विभिन्न सम्झौता र एम्बेसीमा बेचेकोले उहाँहरुले नै भाषणमा भन्ने गरेको अन्याय र बेथिति सहनुहुन्न भन्ने कुरालाई व्यवहारीक बनाउन रास्वपा जनतामाझ विकल्पको रुपमा उदाएको दाबी गर्नुभयो ।
यस्तै, धनाड्यका छोराछोरीले मात्र गुणस्तरीय शिक्षा लिने आम सर्वसाधरणका छोराछोरीले पढ्ने सामुदायिक विद्यालय कहिले गुणस्तरीय बन्ने? खल्ती हेरेर स्वास्थ्य सेवा दिने कि सेवा दिएर खल्ती हेर्ने, राजनैतिक दलको चाकडी नगरेसम्म कुनै पेशामा क्षमताले स्थान स्थितीको अन्त्य कस्ले गर्ने यस्तै समस्या समाधानको विकल्पमा रास्वपा जन्मिएको उहाँले दाबी गर्नुभयो ।
साथै देशको संघीय अभ्यासमा राष्ट्रपति, उपराष्ट्रपतिको भूमिका के ? प्रदेश संरचनालाई चुस्त दुरुस्त बनाउन नसक्दा प्रदेश संरचनाको बेतिथि निरन्तर आउने गुनासो हो, यसको हिसाबकिताब र समाधानको सुत्रसहित रास्वपा आउनेमा समेत उहाँले दृढता व्यतm गनुभयो ।


कार्यक्रममा रास्वापका केन्द्रिय सदस्य रामकृष्ण भट्टराईले देशमा झाङ्गीएको बेथिती विसङ्गती चुपचाप हेरिरहन नसकेकोले रास्वपा गठन भएको बताउनुभयो । “अबको दश बर्षसम्ममा देशको स्थिती परिवर्तन हुन नसके जनतामा चरम निरासा छाउने छ सोही अवस्थाको अन्त्य गर्न रास्वपा जनतामा विकल्पको रुपमा आएको छ ।
रास्वपाका केन्द्रिय सदस्य कविन्द्र बुर्लाकोटीले जनता पुराना दलको राजनैतिक आचरणसगँ रुष्ट्र भैसकेको बताउदै अब राजनिती गर्ने पालो जनताको रहेको बतनाउनुभयो ।
“बर्षो देखी राजनितीको अनुभव भएका दलले भात्तृसंगठन छैन् कसरी गछौँ भन्नुहुन्छ, हामी भन्छौँ हामीसँग जनता छन्, कुल मतदाता मध्ये ८० प्रतिशत मतदाता स्वतन्त्र छन्, हामी उहाँहरुकै माया सर्मथनले सफल हुन्छौँ ।” उहाँले बताउनुभयो ।
सभामा सर्वसाधारण नागरिकका लागी मेरो परिकल्पनाको देश बिषयक खुल्ला बहस समेत सञ्चालन गरिएको थियो । जसमा आम नागरिकले आफ्नो परिकल्पनाको देश कस्तो हुनुपर्छ भन्ने बिषयमा आफ्नो विचार राखेका थिए ।
आजको उक्त भेलाले बागमती प्रदेश समिति , बागमती प्रदेशमा रहेका विभिन्न जिल्ला र पालिका समितिहरु गठन गर्नेछ । अहिले रास्वपा देशै भर आफ्नो समितिहरु गठन गर्न पूर्व देखी पश्चिम सम्मको देश दौडाहामा छ । रास्वपाले भोलि नै जनकपुरको उद्योग वाणिज्य संघको सभा हल , शिव चोकमा दिउँसो साढे १२ बजे मधेश प्रदेश भेला गर्दै छ भने यही ३० गते प्रदेश एकको भेला इटहरीमा रहेको एम्पेरियल ब्यान्केट , धरान रोडमा गर्दैछ । अहिले सम्म रास्वपाले गण्डकी प्रदेश , सुदुरपस्चिम प्रदेश , कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आफ्नो समिति विस्तार गरिसकेको छ भने ५० हजार भन्दा धेरै साधारण सदस्य अहिले नै आवद्ध भईसकेको रास्वपाका केन्द्रिय सदस्य डिपी अर्यालले बताउनुभयो ।



