तराई–मधेश लोकतान्त्रिक पार्टीले जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) परिसरलाई साना मझौला उद्योगहरुको केन्द्रको रुपमा विकास गर्न माग गरेका छ ।
तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले एक प्रेस विज्ञप्ति जारी गर्दै जचुकालि परिसरलाई मधेश प्रदेश सरकारले सचिवालयको निमित्त चयन गरेको भन्दै यस परिसरलाई हस्तान्तरण गर्न संघ सरकारसँग गरेको अनुरोध प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छन् ।

उनले जचुकालि परिसरमा त्यतिबेलाको आवश्यकता अनुसार मधेश प्रदेश सरकार स्थापना गर्नु पर्ने आवश्यकता रहेकाले त्यतिबेला स्थापना गरिएको जनाउँदै उनले अब यसलाई साना तथा मझौला उद्योगहरु स्थापना गरी सञ्चालन गर्नुपर्ने माग गरेका हुन् ।




