#सिरहामेयर डा नविन कुमार यादवसिरहा नगरपमिलका

सिरहा । सिरहा नगरपालिकाका नवनिर्वाचित मेयर उपमेयरको टोलीले सिरहा कारागारको निरिक्षण गरेका छन् । सिरहा कारागार पुगेर कैदीवन्दीको समस्या सुन्दै उनीहरुले समाधानको उपायमा समन्वयकरी भूमिका निर्वाह गर्ने जनाएका छन् । कैदीवन्दीसँग कुराकानी गर्दै सिरहा नगरपाकिाका मेयर डा नविन कुमार यादवले चाँडै सुधार हुनेगरी आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । सौचालय, खानेपानी लगायतका न्यूनतम आवश्यकताका कुरामा निकै त्रुटी रहेको भन्दै मेयर डा यादवले सिरहा नगरपालिकाले आवश्यक सहयोग गरी शौचालय र खानेपानीको सर्वसुलभ पहुँच पुर्याउन सम्बन्धित निकायसँग समन्वय गर्ने बताएका छन् ।

यस्तै सिरहा कारागारभित्र सरसफाई, सुविधा सम्पन्न कारागार भवन निर्माण गर्न कारागार विभागसँग छलफल गर्ने मेयर डा यादवले बताएका छन् । सिरहा नगरपालिका क्षेत्रमा कारागार भएकोले पनि आफ्नो दायित्वभित्र त्यहाँ रहेका कैदीवन्दीको स्वास्थ्य, आधारभूत आवश्यकताका सौचालय र खानेपानीको सर्वसुलभ पहुँच लगायतको विषयवस्तु रहेको बताएका छन् । त्यससँगै सिरहा नगरपालिकाले कारागारका कैदीवन्दीको निम्ति औषधी र नियमित उपचारको निम्ति नगरपालिकाले सहयोग गर्ने बताएका छन् ।

क्षमताभन्दा चार गुणावढी कैदीवन्दी
यता सिरहा जिल्ला कारागारमा क्षमता भन्दा चार गुणा वढी कैदीबन्दी रहेका छन् । सिरहा कारागारमा १ सय ३५ पुरुष र १५ महिला गरी १ सय ५० कैदीबन्दी राख्ने क्षमता भएपनि अहिले ५ सय ७३ पुरुष र ३२ महिला कैदीबन्दी रहेका छन् । त्यससँगै उनीहरुसँग आश्रित ३ बालिका रहेका छन् ।
सिरहाका कारागार प्रमुख वविता महतो अनुसार क्षमता भन्दा वढी कैदीवन्दी भएपछि चर्को गर्मीको बेला खान, बस्न र सुत्नसमेत समस्या भइरहेको बताएकी छिन् । ‘एउटै कोठामा १०/१२ जनासम्म कोचाकोच गरी सुत्न/बस्नुपर्ने बाध्यता छ,’ प्रमुख महतोले भनिन्,‘क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी राखिएको छ । कैदीवन्दीलाई प्रयोग गर्न १२ वटा शौचालय मात्र छ ।’

पुरुष कैदीवन्दीभन्दा झन् वढी समस्या महिला कैदीबन्दीलाई रहेको छ । २ वटा सुत्ने कोठा रहेका छ भने दुई शौचालय र एउटा स्नानगृह रहेकाले समस्या भईरहेको । एउटा कोठामा १० जनासम्मलाई पुग्ने खाट नअटेपछि तीन/तीन जना एउटै खाटमा सुत्नु परेको र खाटमा नअटेर केही महिलाबन्दीहरु भुइँमै सुत्न बाध्य भएको प्रमुख महतोले बताईन् ।
कारागार निरिक्षणमा पुगेका मेयर डा यादव, उपमेयर वविता कुमारी साहलाई कैदीवन्दीले स्वागत गरेका थिए । आफ्ना समस्या समाधानमा पहल गरिदिन आग्रह गर्दै उनीहरुले सिरहा नगरपालिका क्षेत्रको नागरिकको विशेष आशा रहेकोले त्यस अनुसार कार्य गर्न मेयर उपमेयरलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय