जसपाका मधेस प्रदेश सांसद निष्काशनमा परेका छन् । गत स्थानीय चुनावमा अन्तर्घात गरेको निष्कर्ष निकाल्दै प्रदेश सांसद कौशल कुमार यादव निष्काशनमा परेका हुन् । महोत्तरी जिल्ला कार्यसम्पादन समिति बैठकले प्रदेशसभा सदस्य यादवलाई साधारण सदस्य समेत नरहने गरी कारबाहीको घोषणा गरेको हो ।

आइतबार बसेको बैठकले उनलाई निष्काशन गरेको जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय