सिरहा । बेलसोत गोल्डकप फुटबल प्रतियोगिताको उपाधी सलहेश युवा कल्व सिरहाले जितेको छ ।
उदयपुरको कटारी नगरपालिका १ बेलसोतमा शनिवार सम्पन्न फाईनल खेलमा सलहेश युवा कल्वले ४–० गोल अन्तरले जनशक्ति युवा क्लव ढल्केवर महोत्तरीलाई पराजित गरी उपाधी जितेको छ । सलहेश युवा कल्वका तर्फबाट खेलको १७ औं मिनेटमा रोमियो, २५औं मिनेटमा निरज थापा मगर, ३६ औं मिनेटमा फोफोना र ७६औं मिनेटमा राजा मेस्तरले गोल गरेका अध्यक्ष राजिप यादवले बताए ।

विजेता सलहेश युवा कल्वले १ लाख १ हजार नगद सहित ट्रफी र उपविजेता जनशक्ति युवा कल्वले ५१ हजार नगद पुरस्कार प्राप्त गरेको छ । कार्तिक १६ गतेदेखि सुरु भएको गोल्डकपमा १० वटा फुटबल टिम समावेश गरिएको आयोजक बेलसोत युवा कल्वका अध्यक्ष तिलक थापाले बताए ।
कसले के पाए :
प्लेयर अफ दि म्याच : अजय चौधरी, सलहेश युवा कल्व
प्लेयर अफ दि टुर्नामेन्ट : सुदिप मगर, जनशक्ति युवा कल्व ढल्केवर महोत्तरी
सर्वाधिक गोलकर्ता : रोमियो, सलहेश युवा कल्व
वेस्ट डिफेन्डर : एके, सलहेश युवा कल्व
वेस्ट किपर : रोम्बो चौधरी, सलहेश युवा कल्व
वेस्ट मिडफिल्डर : उमेश कार्की, सलहेश युवा कल्व
वेस्ट स्ट्राईकर : रोमियो, सलहेश युवा कल्व
राईजिङ प्लेयर अफ दि टुर्नामेन्ट : समिर थापा, बेलसोत युवा कल्व उदयपुर



