काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित समुदायको सहयोगस्वरुप अमेरिकाबाट ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री नेपाल आइपुगेको छ ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी मानवीय संस्था सामारिटन्स पर्सले पठाएको राहत सामग्री काठमाडौं आइपुगेको हो ।

राहत सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ सामग्री र सौर्य बत्तीलगायतका सामग्री छन् । ति सामाग्री अमेरिकी संस्थाले पठाएको हो ।
अमेरिकी संस्था सामारिटान्स पर्सले पठाएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री काठमाडौं आइपुगेको हो । उक्त सामग्रीमा बाढी प्रभावित क्षेत्रमा स्थानीय स्तरमा कार्यरत संस्थामार्फत २,६०० परिवारलाई सहयोग पुग्ने बताइएको छ ।



