आईपीएलक्रिकेटखेलकुदटी-ट्वान्टी

काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा मुम्बई इन्डियन्सलाई ४ विकेटले हराउँदै दिल्ली प्ले अफमा पुगेको हो । सारजाहमा क्रिकेट मैदानमा मुम्बईले दिएको १३० रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीको जितमा श्रेयस यैरले अविजित ३३ रन बनाए । त्यस्तै ऋषव पन्तले २६ रन जोड्दा रविचन्द्र आश्विनले अविजित २० रन बनाए ।

बलिङतर्फ मुम्बईका ट्रेन्ट बोल्ट, जयन्त यादव, क्रुनाल पाण्डे, जस्प्रित बुम्राह र नाथन निलले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १२९ रन बनाएको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादवले ३३ रन जोड्दा क्विन्टन डी ककले १९ रन बनाए । त्यस्तै हार्दिक पान्डयले १७ को योगदान गरे । बलिङतर्फ दिल्लीका आभेस खान र अक्षर पटेलले ३/३ विकेट लिए । जितसँगै दिल्लीले १२ खेलमा १८ अङ्क जोडेको छ । दिल्ली प्लेअफमा पुगेको छ । पराजित मुम्बईले भने प्लेअफमा आफ्नो सम्भावनालाई केही कमजोर बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!