सिरहा । सिरहा नगरपालिकामा जारी नगर स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा वडा नं. ११ ले वडा नं. १८ लाई २–० गोल अन्तरले पराजित गरेको छ।
खेलको सुरुदेखि नै आक्रामक देखिएको वडा नं. ११ का लागि जर्सी नम्बर ११ का मोहम्मद बशिर नायक बने। उनले दुवै गोल गर्दै टोलीलाई क्वाटरफाइनलमा पुर्याए। उत्कृष्ट प्रदर्शनका लागि उनलाई ‘प्लेयर अफ द म्याच’ घोषणा गरिएको छ।

पराजित वडा नं. १८ भने प्रतियोगिताबाट बाहिरिएको छ।
प्रतियोगिताअन्तर्गत भोलि फागुन ९ गते पहिलो खेल वडा नं. १२ र वडा नं. ५ बीच दिउँसो २ बजे हुनेछ। दोस्रो खेल वडा नं. ९ र वडा नं. २० बीच दिउँसो ३:३० बजे हुने आयोजकले जनाएको छ।
नगर स्तरीय प्रतियोगिता अन्तर्गत प्रतिस्पर्धा झन् रोमाञ्चक बन्दै गएको छ।





