सिरहा । सिरहा नगरस्तरीय फुटबल प्रतियोगिताको दोस्रो खेलमा वडा नम्बर १० नरैहिया विजयी भएको छ ।
सिरहा सदरमुकाममा रहेको सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा वडा नम्बर ४ रमौललाई ०–२ गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर १० का लागि खेलको ४२औं मिनेटमा संजिप राय र ५९औं मिनेटमा रोहन मुखियाले गोल गरी विजयी बनाएको आयोजक सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् ।

दुवै टोलीवीच मध्यान्तरसम्म खेल बराबरीमा रहेको थियो । ३०–३० मीनेटको खेल भईरहेको छ । खेलमा उत्कृष्ट प्रर्दशन गरेका रोहनलाई प्लयेर अफ दि म्याचको ट्रफी प्रदान गरिएको छ ।
आज (शुक्रवार) वडा नम्बर ११ भलुवाही र वडा नम्बर १८ लक्ष्मिनियाँवीच खेल दिउँसो तीन बजे हुने अध्यक्ष यादवले बताएका छन् । प्रतियोगिता अगामी फागुन १५ गते समापन हुनेछ । विजेताले नगद ६० हजार र उपविजेताले ३० हजार प्राप्त गर्नेछ ।




