काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) को फ्रेन्चाइज टिम जनकपुर बोल्ट्सका विदेशी खेलाडी माज सदाकत नेपाल आइपुगेका छन् ।

सदाकत बिहीबार नेपाल आइपुगेको जनकपुर बोल्ट्सले जनाएको छ ।

पाकिस्तानका २० वर्षीय सदाकत पाकिस्तान शाहिन्सका लागि एसिया कप राइजिङ स्टार्स जितेका खेलाडी हुन् । यसअघि, उनले नेपालविरुद्ध टप एन्ड टी–२० सिरिज पनि खेलेका थिए ।

उनले पाकिस्तानका उमेर समूहको टोलीबाट उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले छोटो समयमा नै २५ खेलबाट ७५१ जोड्दा १४ विकेट लिइँदै आफ्नो क्षमताको प्रमाण देखाएका छन् ।

सन् २०२५ मा एसीसी मेन्स राइजिङ स्टार्स च्याम्पियनसिपमा उनको उत्कृष्ट प्रदर्शनको मद्दतले पाकिस्तान शाहिन्सले उपाधि जितेको थियो । भारतविरुद्ध ७९ रन र २ विकेट लिएपछि उनी निकै चर्चामा आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!