काठमाडौं। नेपालले भुटानमा जारी साफ यु १७ महिला च्याम्पियनसिपमा आज अर्को प्रतिस्पर्धा गर्दैछ।थिम्पुस्थित चाङलिमिथाङमा दिउँसो २:४५ बजे सुरु हुने खेलमा जित्नै पर्ने दबाबसहित नेपालले बंगलादेशको सामना गर्नेछ। यसअघिका ३ मध्ये २ खेलमा‌ हार बेहोरेको नेपालले १ खेलमा‌ जितेको थियो।

नेपाल पहिलो खेलमा भारतसँग ७-० को फराकिलो अन्तरमा हार्दा दोस्रो खेलमा कमब्याक गर्दै घरेलु टोली भुटानलाई २-१ ले हराउन सफल भएको थियो।तेस्रो खेलमा बंगलादेशसँग ३-० को हार बेहोरेको थियो। ३ खेलमा नेपालले मात्र ३ अंक बनाएको छ। नेपालले ११ गोल खाँदा मात्र २ गोल गरेको छ। खेल तालिकाअनुसार यही भदौ १३ गते नेपालले भारतको सामना गर्ने छ भने १५ गते भुटानसँग खेल्ने छ।

प्रतियोगितामा दक्षिण एसियाका ४ राष्ट्र नेपाल, भुटान, बंगलादेश र भारतले सहभागीता जनाएका छन्।‌ डबल राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष टोली च्याम्पियन बन्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय