सिरहा । मोफसलको फुटबल कल्वको रुपमा एक समय जनकपुरधाम, विरगंज, विराटनगर, सुनसरी, झापा र सिरहाका कल्वहरुको दबदबा रहेको थियो । २ दशक अघि मोफसलका विशेषगरी पर्सादेखि झापासम्ममा बलियो फुटबल टोलीको रुपमा सिरहा एघार कल्व, वीरगंज स्र्पोट्स कल्व, जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली) जनकपुर, सप्तरीको हिमालय कल्व, ईटहरीको जागृती कल्व, मुनाल कल्व चन्द्रगढी झापा, मिल्स एरिया विराटनगर जस्ता कल्वहरु चर्चित थिए । यी कल्वहरु नै त्यसबेला बलिया थिए । समयक्रमले फुटबल खेलमा ह्रास आउन थाल्यो । स्थापित कल्वहरु र खेलाडीहरु पलायन हुन थाल्यो छ ।

खेलाडीहरु वैदेशिक रोजगारीलागि विदेश पलायन भए । कल्वहरु आर्थिक अवस्थाबाट नराम्री गुज्रिन पुगे । जसले गर्दा फुटबल खेल र खेलाडीहरु आर्थिक रुपमा असुरक्षित भए । विस्तारै विश्वभर फुटबलका नयाँ सिरिजहरुको थालनीले नेपालमा अवसरहरु सृजना गर्न थाल्यो । मोसफलको पर्सादेखि झापासम्मका खेल र खेलाडीहरुले फेरी फुटबल खेललाई अगाडी बढाउन थाल्यो । यसै अवसरमा सिरहामा पनि नयाँ फुटबल कल्व स्थापना गरियो । सिरहा एघार र सिरहा यूथ कल्वलाई जोडर ‘सलहेश युवा कल्व’ गठन गरियो । सलहेश युवा कल्व गठन गर्दा एक जना युवाको काँधमा जिम्मेवारी सुम्पिएको थियो । बी डिभिजन खेलेर आएका सिरहा–७ महिसोथाका राजिप यादवको हातमा कल्वलाई नेतृत्व गर्ने अवसर मिल्यो ।

चन्द्र माध्यमिक विद्यालय सिरहामा उच्च माध्यमिक शिक्षकको रुपमा पठनपाठनमा सहभागी भए । त्यही राजिपले कल्वको नेतृत्व पाएपछि कल्वलाई देशमै एउटा बलियो फुटबल कल्व बनाउने दृढ आत्मविश्वास बोकेर अघि वढे । समयले देखाएको बदलाबलाई आत्मसाथ गर्दै राजिपले व्यवसायिक फुटबललाई पहिलो प्राथमिकतामा राख्न पुगे । सिरहामा फुटबलप्रतिको पुनः विश्वास जगाउने, व्यवसायिक फुटबललाई अगाडी वढाउने प्रयासमा जुटे । युवा राजिपको नेतृत्वले सलहेश युवा कल्व मधेश प्रदेश मात्र होईन कोशी प्रदेशमा पनि बलियो फुटबल टोलीको रुपमा स्थापित बन्न पुगेको छ ।

सलहेश युवा कल्व स्थापनापछि मधेशदेखी कोशी प्रदेशमा आयोजित विभिन्न गोल्डकपमा सहभागी भएर १ सय २८ वटा खेलमा सहभागी भए । जसमध्ये ३२ खेलमा पराजित भएको । कल्वले ३१ वटा प्रतियोगितामा फाईनल खेलको छन् । जसमध्ये ११ वटा प्रतियोगिताको फाईनलमा पराजित भएको छ । २० वटा प्रतियोगिताको उपाधी सलहेश युवा कल्वले उचालेको छ ।

महादेव प्रसाद मेमोरियल गोल्डकप मधुवनी भारत, धनगढीमाई दोस्रो गोल्डकप सिरहा, भरतपुर गोल्डकप धनुषा, मदनभण्डारी स्मृति गोल्डकप फत्तेपुर सप्तरी, चौथों अध्यक्ष गोल्डकप खजुुरी धनुषा, प्रथम बर्दिबास मेयर गोल्डकप महोत्तरी, कमला खोज गोल्डकप डकहा सिन्धुली, बेलसोत गोल्डकप उदयपुर, मेयर गोल्डकप सुखिपुर सिरहा, दोस्रो शिशुवारी गोल्डकप सप्तरी, दोस्रो मेयर गोल्डकप सिरहा, एक दिवसीय गणतन्त्र दिवस फुटबल जयनगर भारत, सहिद हेमनारायण गोल्डकप सिरहा, दशौं गोर्खा रारा गोल्डकप धनकुट्टा, सहिद हेमनारायण गोल्डकप सिरहा, ११औं गोर्खा स्ट्रंग रारा गोल्डकप राजारानी धनकुट्टा, १०औं नारद मुनी थुलुंग स्मृति गोल्डकप बसहा उदयपुर, सातौं गोबलाजर मेयर गोल्डकप सिरहा, सहिद हेमनारायण गोल्डकप सिरहा र छैठो अध्यक्ष कप खजुरी धनुषाको उपाधी जितेको छ । घरेलु टोलीको रुपमा हेमनारायण गोल्डकपको लगातार तीन संस्करको उपाधी सलहेश युवा कल्वले जितेको छ ।

मधेश प्रदेशमा सलहेश युवा कल्वपछि बागमती युवा कल्व, विरगंज युनाईटेड र सिमरा फुटबल कल्व बलियो मानिन्छ । मधेश प्रदेश र कोशी प्रदेशमा सलहेश युवा कल्वले व्यवसायिक फुटबल कल्वको रुपमा स्थापित गरेको छ । व्यसायिक फुटबलको शिलशिलामा सलहेश युवा कल्वले सिरहाको खेल मैदानमा विदेशी खेलाडीलाई पनि आबद्ध गरी उतारेका छन् । नेपालका विभिन्न जिल्ला र विदेशका खेलाडी सहित बलियो टोली बनाएर प्रतियोगिताहरुमा सहभागिता जनाउँदै उपाधी जित्न सफल भएको छ । यसले व्यवसायिक फुटबलमा एक प्रकारले कल्वले फड्को मारेको कुरालाई स्पष्ट पारेको छ । सिरहाको पहिचानसँग जोडिएको ऐतिहासिक स्थल ‘राजा सलहेश’ स्थलको प्रवद्र्धन गर्न प्रयासरत रहेको धारणा राख्छन् । व्यसायिक फुटबलले सिरहाका खेलाडीलाई पलायन हुनबाट रोक्ने र स्थानको पनि देश विदेशमा नाम चल्ने स्पष्ट उदेश्य भएको राजिपको तर्क छ ।

त्यसो त राजिप मोजाको गेन्दबाट फुटबल खेल्न थालेका थिए । किसान परिवारको भएकोले दिउँसो तिर भैंसी चराउन साथीसँगीसँगै फाटेका पुराना मोजामा प्लास्टिकका पन्नीहरु, सानो पत्थर राखेर ‘मोजा’को गेन्द बनाएर खेल्ने गरेको राजिपको अनुभव छ । २०५२ सालतिर सिरहा एघार कल्वमा प्रवेश गरी पहिलो चोटी २०५३ सालमा प्रमाणपत्र पाएको थिए । २०६२ सालदेखि सिरहा एघार, जिल्ला फुटबल संघसँग जोडिनपुगे । कप्तानको रुपमा पनि राजिपले उम्दा खेल पस्किए । आफ्नो खेल जीवनमा २ सय वढी गोल गरिसकेको उनी सम्झिन्छ । राजिप काठमाडौंमा बीबीए पढ्ने क्रममा डिपार्टमेन्ट स्तरीय खेलमा राम्रो गर्न सकेको थिए । जसले राजिको भाग्य नै फुटबलले बदलि दियो । डिपार्टमेन्ट स्तरीय खेलमा कुमारी कल्व बल्खु पनि खेल्न आएको थियो । कुमारी कल्वका म्यानजेरले आफ्नो कल्वबाट खेल्न अफर गर्दै मासिक ५ हजार दिने सम्झौता गरेका थिए । जसले पढाईसँगै खेललाई अगाडी बढाउन सहयोग मिल्यो र कुमारी कल्वबाटै सी डिभिजनमा वेस्ट स्ट्राईकरको उपाधी पाएका थिए । त्यसपछि समाजिक युवा कल्वसँग अनुवन्धन भए । समाजिकले मासिक १२ हजार दिन थाल्यो । यो ठूलो रकम भएको सम्झिदै समाजिक कल्व सी डिभिजनबाट बी मा पुग्न सकेको छ । त्यस अवधिमा राजिपले ७ गोल गरेको थिए ।

राजिपले सिरहामा थालेको व्यसायिक फुटबलले गति लिनुपर्छ । एउटा युवाले देखेको दृढ सपनालाई पूरा गर्न सिरहाबाट पनि व्यवसायिक फुटबल खेलाडी उत्पादन हुन आवश्यक छ । जसमा राजिपसँगै यहाँका स्थानीय सरकारहरुको सहकार्य महत्वपूर्ण छ । फुटबल खेलमा अभिभावकको पनि चासो र स्नेह जरुरी पर्छ । राजिपले देखेको सपनालाई साकार बनाउन सिरहाका युवा फुटबल खेलाडीले उत्साहपूवर्क र कडा मिहिनेतका साथ अघि आउन सक्नुपर्छ । यसमा राजिप र स्थानीय सरकारले अवसर सृजना गर्न पछि पन्छिनु हुँदैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय