सिरहा । सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करको उद्घाटन खेलमा चत्यासा कल्व झापाले विजयी सुरुवात गरेको छ ।
सदरमुकाम सिरहाको सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा उद्घाटन खेलमा वीरगंज युनाईटेड पर्सालाई २ गोल अन्तरले पराजित गर्दै चत्यासाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

खेलको पहिलो हापमा २ गोलको अग्रता लिएको चत्यासा कल्व झापाले वीरगंजमाथि हावी भएको थियो । खेलको २४ मिनेटमा आशिष चापागाईले पहिलो गोल गर्दै झापालाई १–० को अग्रता दिलाएको थियो । कडा प्रतिस्पर्धाका वीच भएको खेलको ४२औं मिनेटमा पुनः आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै कल्वलाई २–० को जित दिलाएको हो । आशिष खेलको प्लयेर अफ द म्याच घोषित भएका छन् ।

सिरहा नगरपालिकाको आर्थिक सहयोगमा सलहेश युवा क्लवले प्रतियोगिताको आयोजना गरेको छ । उद्घाटन खेलको सिरहा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उद्घाटन गरेका थिए । सो अवसरमा सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादव र पूर्वमन्त्री श्रेष्ठले खेलकुदको विकासमा आफ्नो सहभागिता रह्ने प्रतिबद्धता व्यक्त गरेका छन् । खेलकुदले खेलाडी र जिल्लासँगै सिंङो राष्ट्रलाई अन्र्तराष्ट्रिय मञ्चमा चिनाउने काम गरेकोले खेलकुदको विकासमा आफूहरुको सहयोग रह्ने उनीहरुले बताएका छन् ।

अगामी जेठ २५ गतेसम्म चल्ने प्रतियोगितामा आठ वटा टोलीको सहभागिता रहेको आयोजक सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् । प्रतियोगिताको विजेताले २ लाख नगद, गोल्डकप, मेडर र उपविजेताले १ लाख नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष यादवले बताएका छन् ।

आज दोस्रो खेल गोलबजार स्पोर्टस क्लब, गोलबजारका विरुद्ध गोल्डेन स्टार युथ क्लव, भलुवा, सुनसरी विच हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय