लखनउ सुपर जायन्ट्स (एलएसजी) का लेग स्पिनर दिग्वेश राठीलाई आईपीएल २०२५ मा आचारसंहिता उल्लंघनको आरोपमा कारबाही गरिएको छ । उनलाई  एक खेलको प्रतिबन्ध लगाइएको हो ।

साथै म्याच फीको ५० प्रतिशत जरिवाना पनि भएको छ। सनराइजर्स हैदराबाद (एसआरएच) विरुद्ध सोमबार लखनउमा भएको खेलमा उनको क्रियाकलाप आपत्तिजनक पाइएपछि उक्त कारबाही गरिएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार पहिलो पटक आईपीएल खेलिरहेका राठीले पटक–पटक आचारसंहिता उल्लंघन गरेको पाइएको छ। यो  कारबाहीपछि उनले २२ मेमा गुजरात टाइटन्सविरुद्ध हुने खेल खेल्न नपाउने भएका छन्।

सोमबारको खेलमा अभिषेक शर्माले राठीको बलमा शट खेल्दा शार्दुल ठाकुरले क्याच गरे। राठीले ‘नोटबुक सेलिब्रेशन’ गर्दै अभिषेकलाई आक्रामक इशारा गरे। अभिषेकले विरोध गरेपछि बहस भयो, जसलाई अम्पायरले नियन्त्रण गर्नुपरेको थियो। यो घटना सामाजिक सञ्जालमा भाइरल समेत भयो।

बीसीसीआई उपाध्यक्ष राजीव शुक्ला र एलएसजी सहायक प्रशिक्षक विजय दहियाले दुवै खेलाडीसँग कुरा गरे। राठी र अभिषेकले हात मिलाए। तर बीसीसीआईले राठीलाई कारबाही गरेको छ। यो हारले लखनऊ प्लेअफबाट बाहिरिएको छ। सनराइजर्सले ६ विकेटले जित निकालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!