काठमाडौं- नेपालका मार्सल आर्टस् खेलाडी करन बहादुर चन्द दुबईमा सम्मानित भएका छन् । दुबईको प्रतिष्ठित द टाइगर्स मार्सल आर्टस् क्लबले शनिबार उनलाई सम्मान गरेको हो । 

आर्थिक अवस्था सुधार्न रोजगारीका लागि युएई पुगेका भिमदत्त नगरपालिका–२ उल्टाखामका २४ वर्षीय चन्दले त्यहाँ रोजगारीसँगै खेलकुदलाई पनि निरन्तरता दिइरहेका छन् । उनले दुबईमा हुने विभिन्न स्थानीय प्रतियोगितामा भाग लिएर मेडल जितिसकेका छन् । 

काम गरेर बाँकी रहेको समय खेलकुदलाई छुट्टाउने गरेको चन्दले बताए । यसअघि दुबई पुलिस एकेडेमी, अरब तेक्वान्दो फेडेरेशनलगायत प्रतिष्ठित संस्थाहरुले पनि चन्दलाई सम्मान गरेका थिए । ‘परिश्रम र मेहनत गरेपछि  सफलताले पछ्याइ रहने रहेछ । यहाँ पनि खेलकुदलाई निरन्तरता दिन पाएकोमा म निकै खुसी छु,’ उनले भने । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!