सिरहा । सिरहा नगरपालिका स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सिरहा नगरपालिकाको वडा नम्बर ७ विजयी भएको छ ।

जर्सी नम्बर १० का राजा मेस्तरको दुई गोल प्रेरितले वडा नम्बर ७ ले उद्घाटन खेलमा वडा नम्बर १४ लाई पराजित गरेको छ । सदरमुकाम सिरहास्थित सूर्यनारायण सत्यनारायण मोबरैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा भएको उद्घाटन खेलमा वडा नम्बर १४लाई शून्यको विरुद्ध २ गोलले पराजित गरेको छ । दुवै गोल वडा नम्बर ७ का राजा मेस्तरले गरेका छन् ।

मेस्तरले खेलको ३३ औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता लिएको थियो । पहिलो गोल गरेको १२औं मिनेटपछि मेस्तरले सानदार गोल गर्दै टोलीलाई २–०को अग्रता दिलायो । दुवै गोल गर्ने मेस्तर प्लेयर अफ दि म्याच बनेका छन् ।

सिरहा नगरपालिकाको आर्थिक सहयोग, जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिताको आयोजना सलहेश युवा क्लवले गरेको छ । प्रतियोगिताको सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादव र प्रमुख प्रशासकिय अधिकृत बलिराम यादवले संयुक्त रुपमा उद्घाटन गरेका छन् । खेलकुदमा युवा सहभागिता वढाउन नगरस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको डा मेयरले उद्घाटन सम्बोधनमा बताए । उद्घाटन समारोहमा पूर्व सभासद आशादेवी यादव, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराल, सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवसँगै विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

२२ वडा रहेको सिरहा नगरपालिकाभित्रका १७ वटा वडाले प्रतियोगितामा सहभागी जनाएको आयोजक सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् । खेलकुदलाई जोड दिदै प्रतियोगिताको आयोजना गरिएको भन्दै अध्यक्ष यादवले सवै वडाबाट सहभागिता हुन आग्रह गरिएपनि टिम बन्न नसक्दा १७ वटा वडाले मात्र सहभागिता जनाएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!