काठमाडौं । कर्णाली याक्सलाई हराउदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ । सम्पन्न दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराउदै जनकपुर बोल्ट्स फाइनल प्रवेश गरेको हो ।

यसअघि नै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ । अब शनिबार सुदूरपश्चिम र जनकपुरबीच फाइनल खेल हुनेछ ।

जनकपुरको लागि जेम्स निशानले सर्वाधिक ४५ रन बनाए । उनले १७ बलमा २ चौका र ५ छक्का प्रहार गरे । यस्तै, आकाश त्रिपाठीले १३ रन बनाउदा अरु कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीको लागि विपिन शर्माले सर्वाधिक तीन विकेट लिए । सोमपाल कामी, विलियम बोसिस्टो र जिशन मक्सुदले एक एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय