काठमाडौं । साउदी अरेबियाको जेद्दाहमा दुई दिन लामो आईपीएलको मेगा अक्सन सम्पन्न भएको छ । लिलामीमा १८२ खेलाडी बिकेका छन्, जसमध्ये ६२ विदेशी छन् ।

लिलामीमा राइट टु म्याच ८ पटक प्रयोग भएको थियो । १० फ्रेन्चाइजीले ६३९.१५ करोड रुपैयाँ खर्च गरेका छन् ।

ऋषभ पन्त इतिहासकै सबैभन्दा महंगा खेलाडी बनेका छन् । उनलाई लखनऊ सुपर जाइन्ट्स (एलएसजी) ले २७ करोडमा किनेको हो ।

योसँगै १३ वर्षको उमेरमा अष्ट्रेलियाविरुद्ध यू–१९ मा शतक प्रहार गर्ने बिहारका बायाँ हाते ब्याट्सम्यान वैभव सूर्यवंशी आईपीएलका सबैभन्दा कान्छो खेलाडी बनेका छन् । वैभवलाई राजस्थान रोयल्स (आरआर) ले किनेको छ ।

मेगा लिलामीको हाइलाइट्स

पन्त: सबैभन्दा महंगो खेलाडी

ऋषभ पन्तलाई लखनउले २७ करोडमा र श्रेयस अय्यरलाई पञ्जाबले २६.७५ करोडमा किनेको छ । इङ्ल्यान्डका जोस बटलर सबैभन्दा महंगो विदेशी खेलाडी बनेका छन्, उनलाई गुजरात टाइटन्सले १५.७५ करोडमा किनेको थियो ।

वेंकटेश महंगा अलराउन्डर

वेंकटेश अय्यरलाई कोलकाता नाइट राइडर्सले २३.७५ करोडमा किनेको छ । अष्ट्रेलियाका मार्कस स्टोइनिस सबैभन्दा महंगो विदेशी अलराउन्डर हुन्, उनलाई पञ्जाब किंग्सले ११ करोडमा किनेको छ ।

अर्शदीपः सबैभन्दा महंगा बलर

अर्शदीप सिंहलाई पञ्जाब किंग्सले १८ करोडमा किनेको थियो । जोस हेजलवुड, जोफ्रा आर्चर र ट्रेन्ट बोल्ट सबैभन्दा महंगा विदेशी पेसर बनेका छन् । तीनैलाई विभिन्न टोलीले १२.५० करोडमा किनेको छ ।

युजवेन्द्र: सबैभन्दा महंगो स्पिनर

युजवेन्द्र चहललाई पञ्जाब किंग्सले सबैभन्दा धेरै १८ करोड भारु तिरेर किनेको छ । रविचन्द्रन आश्विन पनि ९.७५ करोडमा बिक्रि भएका छन् । अफगानिस्तानका नूर अहमद सबैभन्दा महंगो विदेशी स्पिनर बनेका छन्, उनलाई चेन्नईले १० करोडमा किन्यो।

रसिख दार सबैभन्दा महंगो अनक्याप्ड खेलाडी

जम्मू कश्मीरका फास्ट बलर रसिख दारले आफ्नो आधार मूल्यभन्दा २० गुणा बढी पाएका छन् । आरसीबीले दायाँ हाते तेज गेंदबाजलाई ६ करोडमा किनेको हो । उनी ३० लाखको आधार मूल्यका साथ लिलामीमा प्रवेश गरेका थिए ।

सबैभन्दा चकित पार्ने निर्णय

केही लिलामी निर्णयहरूले प्रशंसकहरूलाई चकित पारे। जसमा इङ्ल्यान्डका अलराउन्डर विल ज्याक र युवा ब्याट्सम्यान प्रियांश आर्यको लिलामी समावेश थियो ।

बेंगलुरुले विल ज्याकमा आरटीएम प्रयोग गरेन ।  बेंगलुरुले विल ज्याकलाई मेगा लिलामीमा रिलिज गर्‍यो र उनको लागि आरटीएम (राइट टु म्याच) कार्ड प्रयोग गरेन । आरटीएम कार्ड प्रयोग गरेर टोलीले पुरानो खेलाडीलाई उसको बोली समाप्त भएपछि आफ्नो टोलीमा फिर्ता समावेश गर्न सक्छ ।

फ्यान र क्रिकेट विज्ञहरू आशावादी थिए कि आरसीबीले निश्चित रूपमा विल ज्याकको लागि आरटीएम कार्ड प्रयोग गर्नेछ तर, त्यसो भएन।

६ बलमा ६ छक्का प्रहार गर्ने दिल्लीका ब्याट्सम्यान प्रियांश आर्यलाई पञ्जाबले आधार मूल्यभन्दा १३ गुणा अर्थात् ३ करोड ८० लाखमा किनेको छ। उनको आधार मूल्य ३० लाख रुपैयाँ थियो । यो आईपीएलमा उनको डेब्यू हुनेछ । प्रियांशले दिल्ली प्रिमियर लिगमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

१३ वर्षीय वैभव: सबैभन्दा कान्छो खेलाडी

१३ वर्षीय वैभव सूर्यवंशीलाई राजस्थानले १.१० करोड भारुमा किनेको छ । उनको आधार मूल्य ३० लाख रुपैयाँ थियो । योसँगै उनी आईपीएल इतिहासमा सबैभन्दा कान्छो खेलाडी समेत बनेका छन् । बिहारका एक खेलाडीले यो सिजनबाट आईपीएलमा डेब्यू गर्नेछन् । वैभवले अन्डर-१९ मा अस्ट्रेलियाविरुद्ध शतक बनाएका थिए । वैभवले १२ वर्षको उमेरमा प्रथम श्रेणीमा डेब्यू गरेका थिए ।

तेन्दुलकरका छोराप्रति अरुचि

सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरलाई दोस्रो पटक मुम्बई इन्डियन्सले आफ्नो टोलीको हिस्सा बनाएको छ । सुरुमा उनलाई किन्न कुनै टोलीले चासो देखाएनन् । अर्जुनलाई मुम्बईले ३० लाखको आधार मूल्यमा किनेको छ। भर्खरै अर्जुनले घरेलु क्रिकेटमा गोवाबाट खेल्दै ५ विकेट लिएका थिए ।

बिक्री नभएका ५ ठूला खेलाडी

लिलामीमा धेरै ठूला खेलाडीहरु बिक्री भएनन् । अस्ट्रेलियाका डेभिड वार्नर र स्टिभ स्मिथ, किवी खेलाडी केन विलियम्सन र भारतीय अलराउन्डर शार्दुल ठाकुरजस्ता खेलाडीलाई कुनै पनि टोलीले किनेनन् । अफगानिस्तानका तीव्र गतिका बलर नवीन उल हक पनि बिक्री भएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!