काठमाडौं । फिफा विश्वकप छनोट २०२६ को दोस्रो चरणको अन्तिम खेलमा नेपालले मंगलबार यमनविरुद्ध प्रतिस्पर्धा गर्दै छ । दोस्रो चरणको समूह एचमा रहेको नेपाल हालसम्म जितविहीन छ । यसैकारण मंगलबार नेपाल सुखद् अन्त्यमा रहनेछ ।

साउदी अरेबियाको प्रिन्स मोहम्मेद बिन फाद रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ११ः४५ बजेदेखि सुरू हुनेछ । नेपालले यसअघि यही मैदानमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेलेको थियो । उक्त खेलमा नेपाल ४–० ले पराजित भएको थियो ।

पाँच खेल खेल्दा पनि अंकविहीन नेपाल तालिकाको पुछारमा छ । नेपालले हालसम्म छनोटको दोस्रो चरणमा १८ गोल बेहोर्दा एक गोल पनि गर्न सकेको छैन । समान खेलबाट चार अंक जोडेको यमन तालिकाको चौथो स्थानमा छ । यमनले समान एक खेलमा जित र बराबरी गर्दा तीन खेलमा हार बेहोरेको छ ।

यसअघि दशरथ रंगशालामा भएको यमनविरुद्धको पहिलो लेगमा नेपाल २–० ले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!