धनकुटा । ११ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि साविक विजेता सिरहाको सलहेश युथ क्लब र आयोजक रारा फुटबल क्लब बुधबार भिड्दै छन्।

खेल दिउँसो २ बजे चौबिसे गाउँपालिका वडा नं. ६ मा रहेको राजारानी मैदानमा शुरु हुने आयोजकले जनाएको छ।

साविक विजेता सलहेश मंगलबार विर्तामोड युनाइटेड क्लब झापालाई टाइब्रेकरमा ५-४ गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो। यस्तै आयोजक रारा फुटबल क्लब मोरङको डाँगिहाट युथ क्लबलाई सोमबार २-१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँ हात पार्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!