सिरहा । सिरहाको सारस्वरमा जारी ‘सारस्वरनाथ गोल्डकप फुटबल’ प्रतियोगितामा हिम कस्तुरी युवा कल्व लहान विजयी सुरुवात गरेको छ ।
मधेश प्रदेश स्तरका फुटबल टोलीहरुको सहभागितामा आयोजित प्रतियोगिता अन्र्तगतको दोस्रो खेलमा हिम कस्तुरीले रौटहटको ठोकर टोल फुटबल कल्वलाई ३–० गोल अन्तरले पराजित गरेको छ । हिम कस्तुरीका तर्फबाट उत्कृष्ट प्रर्दशन गरेका उद्धव घले खेलको प्लयेर अफ दि म्याच घोषित भएका छन् ।

जितसँगै हिम कस्तुरी सारस्वरनाथ गोल्डकप प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सेमी(फाइनलमा प्रबेश गरेको छ ।
प्रतियोगिताको विजेताले नगद ७५ हजार र उपविजेताले नगद ३५ हजार सहित ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्ने प्रयोगिता आयोजनाको समन्वय गरिरहेको माँ भगवती युवा कल्वले जनाएको छ । प्रतियोगितामा सिरहा नगरपालिका वडा नम्बर १२ सारस्वरले आर्थिक सहयोग गरेको छ ।



